Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

आइतबार, १७ जेठ २०८३

Author: Subhak Mahato

प्रजननका लागि मात्र धनी पुरुषको खोजी

यहाँ अति विपन्न परिवारका युवतीको विवाह हुँदैन। वयस्क उमेरमा यौन, धन र सुरक्षित भविष्यको चाहना कसलाई हुँदैन र ? हुन पनि विवाह नहुने भएपछि यहाँका केटीहरुको जीवनले अर्कै मोड लिन्छ। उनीहरु सन्तान जन्माउन प्रतिष्ठित धनी पुरुष खोज्छन्। घरमा श्रीमती, छोराछोरी भए पनि युवतीले बच्चा जन्माउने उद्देश्यले राखेको यौन प्रस्ताव धनाढ्य पुरुषले स्वीकार्छन्। बच्चा जन्माउँछन्। त्यसपछि महिलाले पुरुषसँग सरोकार राख्दिनन्। पुरुषले पनि महिलाको वास्ता गर्दैनन्। तपाइँलाई लाग्ला, यस्तो कहीँ हुन्छ ? हो, हल्जी गाउँ, लिमी उपत्यका, हुम्लामा यस्तै हुन्छ। सुन्दै अनाैठो लाग्ने नेलु प्रथामा यस्तै हुन्छ।

Continue reading

एक चक्की सिटामोलको मूल्य तिमीलाई के थाहा सिंहदरबार!

पत्याउन गाह्रो हुन सक्छ तर यो वास्तविकता हो। तिब्बतसँग सिमा जोडिएको नेपालको हुम्ला जिल्लामा एक चक्की सिटामोल किन्न ४—५ दिन हिँड्नुपर्छ । स्वास्थ्य सेवा पाउन कर्णाली क्षेत्रका बासिन्दाले भोग्नुपर्ने यो एउटा प्रतिनिधिमूलक कथा हो।

Continue reading