
Subhak Mahato
September 8, 2026

चन्द्रागिरिको बहुमूल्य सरकारी वन क्षेत्र कब्जा गरी ‘टहरा बनाउने’ नाममा विशाल पाँचतारे होटल खडा गर्ने विवादास्पद व्यापारिक तथा भाटभटेनीका मालिक मीनबहादुर गुरुङ र उनको परिवारको विशाल व्यावसायिक साम्राज्य जोडिएको सनसनीपूर्ण तथ्य उजागर भएको छ।
केबलकार सञ्चालनका लागि साना टहरा र ओत लाग्ने संरचना मात्रै बनाउने भनेर सरकारसँग सम्झौता गरिएको चन्द्रागिरि डाँडामा अनधिकृत रूपमा पाँचतारे रिसोर्ट ठड्याउने कार्यमा केवलकारका विचौलिया चन्द्र ढकाल मात्र नभई, पर्दापछाडिबाट भाटभटेनीका मालिक मीनबहादुर गुरुङ र उनको परिवारले ठूलो सेयर हिस्सा ओगटेर राज्यको सम्पत्तिमा निजी साम्राज्य खडा गरेको आधिकारिक कागजातहरूले पुष्टि गरेका छन् ।
नोट : यस सम्बन्धी विस्तृत भिडियो स्टोरी आज (मंगलबार) साँझ ७:३० बजे प्रशारण हुँदैछ ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।