
Ground Zero
September 28, 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले व्यक्तिगत ‘इगो’ र प्रतिशोध साध्न राज्यसत्ताको नाङ्गो दुरुपयोग गरिरहेको गम्भीर आरोप लगाउनुभएको छ।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शाहीले पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी र दुर्गा प्रसाईंलाई पटक-पटक पक्राउ गरिएको घटनाप्रति कडा असन्तुष्टि जनाउनुभयो। “दुर्गा प्रसाईंको साटो जिबी राईलाई पक्राउ गरेको भए सर्वसाधारणको ९ अर्ब रुपैयाँ फिर्ता हुने थियो,” उहाँले भन्नुभयो। व्यक्तिगत स्वार्थमा यसरी नै अघि बढे वर्तमान सरकार र विगतको केपी ओली सरकारमा कुनै भिन्नता नरहने उहाँको तर्क थियो।
भ्रष्टाचारी र अपराधीलाई प्रमाणका आधारमा मात्र कानुनी दायरामा ल्याउन आग्रह गर्दै शाहीले सुशासनको अभियानमा साथ दिन तयार रहे पनि इगो साध्ने खेल तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिनुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।