Skip to main content
सोमबार, १२ असोज २०८३

विनाकारण पक्राउ जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

September 28, 2026


नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ।

सोमबार संघीय संसद भवन सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको भए त्यो स्वयं सरकारकै लागि घातक हुने बताउनुभयो। सुरक्षा थ्रेटको बहानामा पक्राउ गर्नु सामान्य मानिसले पनि बुझ्ने खेल भएको उल्लेख गर्दै उहाँले साँच्चिकै खतरा थियो भने घरमै सुरक्षाकर्मी बढाउनुपर्ने तर्क गर्नुभयो। यस्ता घटना नदोहोर्‍याउन उहाँले सरकारलाई आग्रह गर्नुभएको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति स्वाभाविक रहेको प्रचण्डको प्रतिक्रिया छ। बालेनको ठाउँमा जो भए पनि त्यही बोल्ने भन्दै यस विषयमा अनावश्यक बढाइचढाइ नगर्न उहाँले आग्रह गर्नुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।