Skip to main content
मंगलबार, ०६ असोज २०८३

सम्भावित असर

Ground Zero

September 22, 2026


आगामी मौसमी जोखिमलाई ध्यानमा राख्दै गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बबरमहलस्थित मौसम पूर्वानुमान महाशाखा पुगेर सम्भावित असरबारे जानकारी लिएका छन्।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण आगामी शुक्रबारदेखि सोमबार (असोज ८ देखि १२ गते) सम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जानकारी गराएका छन्।

विपत्‌बाट हुन सक्ने जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि जानकारी लिइएको गृहमन्त्री गुरुङले बताए। उनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा टोली परिचालन गरी सतर्कता अपनाउन निर्देशन दिएका छन्।

त्यस्तै, ऊर्जामन्त्री श्रेष्ठले चाडबाडको समयमा कृषि, पर्यटन र यात्रा क्षेत्र प्रभावित हुन सक्ने भन्दै पूर्वसूचना र पूर्वतयारीमा समन्वय भइरहेको बताए। अघिल्ला विपत्‌बाट पाठ सिक्दै हाइड्रोपावर र विद्युत् प्राधिकरणलाई निरन्तर सूचना प्रवाहको व्यवस्था मिलाइएको तथा उद्धार टोली तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। मन्त्री श्रेष्ठले यात्रा गर्नुअघि मौसमको जानकारी लिन र सरकारी अलर्ट कडाइका साथ पालना गर्न सर्वसाधारणमा आग्रह गरे।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।