
Ground Zero
September 24, 2026

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले कर्मचारी सरुवा–बढुवालाई विधि र पद्धतिमा ढाल्न स्वायत्त बोर्ड गठनको माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजनीतिमा आएपछि सबैभन्दा ठूलो दबाब सरुवा\बढुवाकै व्यहोर्नुपरेको अनुभव सुनाए। “सुशासनका कुरा गर्ने इष्टमित्रहरू नै नातावाद खोज्दै आउँछन्, काम नगरिदिँदा टीका र आशीर्वादको साटो सराप पाइने पिर छ,” उनले व्यङ्ग्य गरे ।
रास्वपाको वाचापत्रमा समेत पूर्वानुमानयोग्य र विधिमा आधारित सरुवा प्रणालीको प्रतिबद्धता रहेको उल्लेख गर्दै उनले सरकारलाई यो सरापबाट बचाउन र चाँडै स्वायत्त बोर्ड गठन गर्न आग्रह गरे ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।