Skip to main content
सोमबार, १२ असोज २०८३

पूर्वप्रधानन्यायाधीश पक्राउ

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

September 28, 2026


प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र तत्काल भएको रिहाइप्रति कडा आपत्ति जनाउनुभएको छ।

सिंहदरबारस्थित संसद् भवनमा बोल्दै उहाँले प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा बसेका व्यक्तिलाई पक्राउ गरेर भोलिपल्टै छाड्ने सरकारी शैलीलाई ‘केटाकेटीको खेल’ र ‘नौटङ्की’को संज्ञा दिनुभयो।

सांसद राईले तथ्यपूर्ण अनुसन्धान र पर्याप्त आधारविना हतारमा पक्राउ गर्ने र लगत्तै छाड्ने कार्यले देशको न्याय प्रणाली र सरकारी निकायको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको बताउनुभयो।

उहाँले यस्ता संवेदनशील विषयमा सरकारलाई जिम्मेवार बन्न र अनुसन्धान प्रक्रियालाई पारदर्शी बनाउन माग गर्नुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।