
Ground Zero
June 13, 2024
भक्तपुरको सूर्यविनायक–१० स्थित नलिञ्चोकमा निर्माणाधीन हेलिप्याड निर्माणको क्रममा १० करोड रुपैयाँ भ्रष्टाचार भएको छ । भ्रष्टाचार गर्ने अरु कोही होइन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी हुन् । हेलिप्याड बनाउनै नहुने ठाउँमा पहिलो चरणमा १३ करोड ५१ लाख रुपैयाँ खर्चेर भ्रष्टाचार गरेको तथ्यहरु फेला परेको छ ।
तथ्यहरुसँगै जब निर्माणाधीन हेलिप्याड रहेको ठाउँ नलिञ्चोक पुग्यौं, त्यसपछि स्थानीयले आफुहरुलाई झुक्याएर बस्तीको बीचमा हेलिप्याड निर्माण गरिरहेको र सुरक्षाको दृष्टिले पनि चुनौतिपूर्ण रहेको बताए ।
स्थानीयले आफुहरुसँग २०३२ सालमा सरकारले ‘जहाज लोकेटर’को लागि जग्गा लिएको र अहिले आएर हेलिप्याड बनाउँदा आफूहरुले दिएको जग्गा फिर्ता गर्नु पर्ने माग स्थानीयको छ । स्थानीय भन्दै थिए, हेलिप्याड निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) भएको छैन, जबर्जस्ती यहाँ हेलिप्याड बनाइरहेको छ प्राधिकरणमा महानिर्देशक प्रदिप अधिकारीले ।
दुईदेखि ३ करोडमा निर्माण हुन सक्ने हेलिप्याडको लागत अस्वाभाविक बढाएर १३ करोड ५१ लाख पुर्याएको छ ।
महानिर्देशक प्रदिप अधिकारी आफैले संलगन भएर निर्माण गरेका कुनै पनि विमानस्थलहरु संचालनमा छैन । अर्बौं रुपैयाँ खर्च गरी निर्माण गरिएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।