सांसद झालाई हाम्रो प्रश्न ?
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एयरको जहाज १५ जनवरी २०२३ मा दुर्घटना भयो । जुन दुर्घटनामा ७२ जनाको मृत्यु भयो । ग्राउण्ड जिरोले विमानस्थल प्राविधिक रुपमा तयारी नहुँदै सञ्चालनमा ल्याएकै कारण जहाज दुर्घटना भएको हो भने तथ्य बाहिर ल्याएको छ र सो क्रममा जहाजको ककपीट कुराकानी पनि सार्वजनिक गर्यौं । मंगलबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसद मनिष झाले ककपीटको कुराकानी सार्वजनिक नगर्नु पर्ने तर्क गरेका छन् ।
अब सांसद झालाई हाम्रो प्रश्न
१. त्यसो भए १५ जनवरी २०२३ को जहाज दुर्घटनाको पुनः छानविनको माग गर्न सक्नु हुन्छ त्यही संसदबाट ?
२. सक्नु हुन्छ, आईएफआर भिएफआरको बारेमा छानबिन गर्न ?
३. सक्नु हुन्छ पापी लाइटको बारेमा छानबिन गर्न ?
४. के छानबिन समितिले छानबिन गरिसकेपछि फेरी त्यो फाइल खोल्न मिल्दैन र ?
हामी यति भनिरहेका छौं, त्यो जहाज दुर्घटना आकास्मीक थिएन, थियो त प्राधिकरणको चरम लापरवाही अर्थात् नियोजित । र, ग्राउण्ड जिरोसँग दुर्घटनासँग जोडिएका थप अडियो सुरक्षित छ । आवश्यक परेको खण्डमा त्यो पनि हामी सार्वजनिक गर्छौ । तपाईहरु छानबिन गर्नुस् हामी पनि साथ दिन्छौं । तर, ककपीटको कुराकानीलाई लिएर दुर्घटनालाई अन्य तिर मोड्ने प्रयास कसैबाट नहोस् ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।