Skip to main content
मंगलबार, २६ जेठ २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : यसरी रिहा भएको थियो सिएएमसीका म्यानेजर झु झानफेङ

Ground Zero

September 7, 2024


पाँच वर्ष (२०७६ असार १७ गते) अघि पोखरा अम्मरसिंह चोकस्थित जेब्रा क्रसमा बाटो काट्दै गर्दा एक नेपालीको मृत्यु भयो, चिनियाँ नागरिकले चलाएको गाडीको ठक्करबाट ।
जसको कनेक्सन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चाइनिज कम्पनीदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणसम्मको रहेको छ ।
चिनियाँ नागरिक :-
नाम : झु झानफेङ
ठेगाना : सिचुआन चेङ्दु चेङ्गुआ जी–९
पासपोर्ट नम्बर : PE 1428270
उमेर : ४४ वर्ष
हाल : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा आयोजनाको म्यानेजरको रुपमा कार्यरत ।
स्थान : पोखरा–१० अम्मरसिंह चोक ।
समय : राति ११ः३० बजे ।
गाडी नम्बर : बा २० च २५६६ नम्बरको हाइलक्स ।
गाडीको चालक : झु झानफेङ
अवस्था : रक्सी खाएर गाडी चलाएको
परिणाम : जेब्रा क्रसबाट बाटो काट्दै गर्दा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु ।
घटना बारे : तीन दिनसम्म लुकाएर राखिएको ।
मृतकको नाम : देउकुमार तामाङ
उमेर : ३५ वर्ष
ठेगाना : माछापुच्छ्रे गाउँपालिका–९, कास्की
हो, देउकुमार तामाङको मृत्यु भएको पाँच वर्ष भयो ।
यता, ग्राउण्ड जिरोले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १८ अर्ब भ्रष्टाचार भएको स्टोरी सिरिजको रुपमा प्रकाशन गर्न थालेपछि मृतक देउकुमार तामाङको भाई नविन तामाङ हाम्रो सम्पर्कमा आयो । र, उनले पोखरा विमानस्थल निर्माणको ठेक्का पाएका सिएएमसी कम्पनीका निर्मानाधिन पोखरा विमानस्थलका चाइनिज म्यानेजर झु झानफेङ र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पीडित भएको दावी गरेका छन् ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।