Dec 19, 2023
Episode – 03
यी टासी जो डाक्टर बनेर जन्मथलो हुम्लै फर्किए
हुस्सुले ढाकेका अग्ला डाँडा हेर्दै, हजुरआमाको काखमा लुक्दै, खेल्दै र धुलेढुंगे बाटो हिँडेर विद्यालय जाँदै उनी हुम्लाको बर गाउँमा हुर्किए। हरेक विपतमा हजुरआमाको काख उनको सेल्टर थियो, प्रेमको केन्द्र थियो। ११ वर्षको हुँदा उनकी स्नेही हजुरआमाले श्वास छोडिन्। शिक्षकहरुलाई थाहा थियो, उनी पढाईमा अब्बल छन्। बुवालाई थाहा थियो, जिल्लामा डाक्टर छैनन्। र टासी लामाको मनमा गडेको थियो, उपचार पाएकी भए हजुरआमा यति चाँडै उनलाई छोडेर जाने थिइनन्। अस्पताल वरपर रहने जो कोही सेतोकोटधारी स्वास्थ्यकर्मीलाई त्यतिबेला सिमिकोटले डाक्टर भन्थ्यो। टासी त्यही डाक्टर बन्न चाहन्थे। सेतोकोट लगाएर बिरामीको उपचार गर्न चा…