Skip to main content
बुधबार, १० असार २०८३

नलिञ्चोकबाट हेलिकोप्टर उडाउन प्राधिकरणले जर्बस्ती गरे ‘हेलिकोप्टर दुर्घटना’ हुने : क्याप्टेनहरु

Ground Zero

July 6, 2024


भक्तपुरको नलिञ्चोकमा जर्बस्ती निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको ९ दिन पछि बन्द गर्ने चेतावनी क्याप्टेनहरुले दिएका छन् । देश भरिका ४७ जना हेलिकोप्टरका क्याप्टेनहरुले सो हेलिप्याड सुरक्षित नरहेको भन्दै यहाँबाट टेकअफ र ल्याण्डिङ गर्दा जति बेला पनि हेलिकोप्टर दुर्घटना हुन सक्ने चेतावनी सहितको ७ बुँदे पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता गराएका छन् । साथै उनीहरुले आफुहरुलाई प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जर्बजस्ती हेलिकोप्टर नलिञ्चोकबाटै उडाउन दवाव दिरहेको दावी गर्दै भोलीको दिनमा कुनै दुर्घटना भए प्रदिप अधिकारीले जिम्मेवारी लिनु पर्ने तर्क गरेका छन् ।
क्याप्टेनहरुको चेतावनी सहितको ७ बुँदे पत्र

नलिन्चोकको लागि परीक्षण उडान प्रतिवेदन



नलिन्चोक हेलीप्याड बस्तीको बिचमा निर्माण गरेको छ । २० मिटर नजिकै ठूला घरहरु निर्माण गरिएको पाइएको थियो । जसले सुरक्षित उडान र अवतरणको लागि अवरोध तथा जोखिम सृजना गरेको छ ।
यो पनि :
नलिञ्चोकमा तीन करोडको हेलिप्याडलाई १३ करोड ५१ लाख

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।