Skip to main content
शनिबार, १० असोज २०८३

नेपालको उड्डयन क्षेत्रमा एक कर्मचारीले गरेको ४१ अर्बको भ्रष्टाचार

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

August 23, 2024


नेपालको उड्डन क्षेत्रमा भएको ४१ अर्बको भ्रष्टाचार ।
त्यो पनि एउटा कर्मचारीले ? तर, भ्रष्टाचारको पैसाको, बिटोले हिर्काउदा, न सरकारले केही गर्न सकेको छ, ति कर्मचारीलाई । न त अख्तियार दुरुपयोग अनुसन्धान, न त सम्पतिशुद्धिकरणले नै केही गर्न सकेका छन्, ति कर्मचारीलाई ।
त्यसका बारेमा समाचार लेख्दा उल्टै ज्यान मार्ने धम्की दिन्छन् । उनी अरु कोही होइन । हो त, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी ।
काठमाडौं छिर्दा चपल लगाएर आएका अधिकारीको नाममा ८ देखि १० अर्बको सम्पति छन् अहिले । सामान्य परिवारका मान्छेको नाममा यति धेरै सम्पति कहाँबाट आयो ? यसको लेखाजोखा ग्राउण्ड जिरोले अर्को अंकमा गर्छन् । तथापी अधिकारीको नाममा रहेको केही सम्पतिको विवरण अघिल्लो भागमा हामी देखाइसकेका छौं । र, यो अंकमा हामीले प्रदिप अधिकारी नागरिक उड्डयन प्राधिकरणमा प्रवेश गरेदेखिको फाइनल ओपन गर्दै छौं ।

सातौं तह सिभिल इन्जिनियर पदबाट २०६४ सालदेखि सरकारी जागिरमा प्रवेश गरेका अधिकारी नियम कानूनलाई धोती लगाएर महानिर्देशकसम्म आइपुग्दा कम्तिमा ४१ अर्ब भन्दा बढीको भ्रष्टाचार गरेको प्रमाण ग्राउण्ड जिरोलाई प्राप्त भएको छ ।


थप लिंक :-
पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भार
पोखरामा कसरी गरिन्थ्यो काम? कन्सल्ट्यान्ट इन्जिनियर गौतमसँगको अन्तर्वार्ता

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।