प्राधिकरणको महानिर्देशक प्रदिप अधिकारीसँग पोखरा यती एयर जहाज दुर्घटनाको कनेक्सन
सावधान !
सुन्नु भएको यो डरलाग्दो अडियो । १५ जनवरी २०२३ अर्थात १ माघ २०७९ आइतबारको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको ATR-72 जहाज अवरण गर्ने क्रममा दुर्घटना भयो । जुन दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो । तपाईलाई लाग्न सक्छ । जहाज दुर्घटना भएको १८ महिना भयो । जहाज दुर्घटना सम्बन्धी छानबिन आयोगले आफनो प्रतिवेदन सार्वजनिक गरिसक्यो त । दोषी पनि देखाइसक्यो । अब त, फाइल नै बन्द भयो । तर होइन । ग्राउण्ड जिरोले बन्द भएको यति एयर पोखरा दुर्घटनाको फाइल ओपन गर्दै छ । तथ्य र प्रमाणले ७२ जनाको ज्यान जाने गरी भएको जहाज दुर्घटनामा नेपाल नागरिक उडडयन प्राधिकरणको चरम लापरवाही र केही व्यक्तिको स्वार्थ जोडिएको कारण देखिन्छ ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।