Skip to main content
शनिबार, १० असोज २०८३

आर्यघाटमा पैसाको चिता बनाउने अफर गरेको थियो मणिपाल मेडिकल कलेजबाट : संयोजक ओझा

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

February 21, 2025


सरकारी स्वामित्वमा आउनु पर्ने नेपाल मणिपाल मेडिकल कलेज पोखरा बतास समूहले गैर कानूनीरुपमा कब्जा गरेपछि ग्राउण्ड जिरोले सिरिज रुपमा स्टोरी प्रसारण गर्दै आएको छ ।
अबको यो चौथो सिरिजमा दुई/दुई पटक शिक्षामन्त्री हुनु भएका तथा वि.सं. २०५१ सालमा विदेशी लगानी कर्ताहरुबाट नीजि क्षेत्रमा संचालन गरिने मेडिकल कलेजहरु बारे सांसद देवीप्रसाद ओझाको संयोजकमा एक समिति गठन भएको थियो ।


सोही समितिले मणिपाल मेडिकल कलेज पोखरा बिक्री गर्न नपाउने र यो सरकारी नै हो भनेर प्रतिवेदनमा उल्लेख गरियो । भारतको मणिपाल ग्रुपलाई विभिन्न सर्तसहित ४९ वर्षसम्म मात्रै कलेज चलाउन पाउने तथा कलेज बिचमा बन्द भए वा छोडेको खण्डमा त्यहाँका सबै सम्पत्ति नेपाल सरकारको हुने समेत प्रतिवेदनमा उल्लेख छ । सोही प्रतिवेदनको बारेमा तत्कालिन समितिको संयोजक देवीप्रसाद ओझासँग गरिएको कुराकानी ।

थप स्टोरी :-
मणिपाल मेडिकल कलेज पोखरा बिक्री हुँदा किन चुप लाग्यो सरकार ?
मणिपाल मेडिकल कलेज बतास समूहले किनेपछि…
सरकारी स्वामित्वको मणिपालको सेयर पौडेल र बतासको दाजुभाई र छोराछोरीको नाममा

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।