
Ground Zero
January 21, 2025
नेपाल मणिपाल मेडिकल कलेज पोखरा । जसको स्वामित्व नेपाल सरकारको हुनु पर्ने थियो अर्थात् सरकारी । तर, १० अर्ब रुपैयाँको कलेज, ३ अर्ब ४० करोड रुपैयाँमा रातारात नेपाली व्यापारी समूहले किन्यो । मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप इण्डियाको लगानी रहेको उक्त कलेज कसरी नेपालमा खुल्यो र सरकारसँग के सम्झौता भएको थियो, त्यो कुरा हामीले ग्राउण्ड जिरोको अघिल्लो भागमा देखाइसकेका छौं । अब हामी दोस्रो सिरिजमा नेपाल सरकारको स्वामित्वमा हुनु पर्ने, मणिपाल मेडिकल कलेज पोखरा कब्जा गर्ने नेपाली व्यापारी को हुन् ? कुन राजनीतिक दलका नेताहरु सत्तामा पुगेपछि मणिपाल मेडिकल कलेज बिक्री गरिदियो ? एक/एक प्रमाणहरु ग्राउण्ड जिरोले सार्वजनिक गर्दैछ ।
थप लिंक :-
मणिपाल मेडिकल कलेज पोखरा बिक्री हुँदा किन चुप लाग्यो सरकार ?
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।