Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बिहिबार, ०७ चैत २०८१

भैरहवा र पोखरा जान नमान्दा थाई एयर एसिया आकासमा घण्टौं होल्ड

Ground Zero

October 30, 2024

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि चैत १८ गतेसम्म रातिको समयमा दैनिक १० घण्टा बन्द गरिँदैछ । जसको मुख्य उद्देश्य पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टाचारबाट जोगिनु रहेको छ, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको ।
होइन भने यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य रन–वे निर्माण गर्दा ५/६ घण्टा बन्द भएको थियो । तर यसपटक विमानस्थलको रन–वे होइन । पार्किङ, ट्याक्सी वे, ह्याङ्गर जस्ता संरचना निर्माण गर्दा राती १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गर्नलागेको हो ।
पोखरामा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २८ अर्ब भन्दा बढी भ्रष्टाचारमा मुछिएका प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी जसरी पनि ति दुई वटै विमानस्थल सब ठिकठाक छ भने देखाउन खोजेको छ । त्यही भएर निर्माणको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरेर जबर्जस्ती उता विमान पठाउन खोजिरहेका छन् ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।