
Ground Zero
February 2, 2025
रुपन्देही जिल्लाको भैरहवामा पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ।
यही विमानस्थल निर्माण गर्दा मुआब्जा वितरणको क्रममा १३ अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार भयो । हामी भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भयो, भने त्यसको विरोध गरेका छैनौं, गरेका छौं त भ्रष्टाचारको । किन भने तपाई हामी नागरिकले तिरेको कर, ऋण तथा अनुदानबाट निर्माण भएको विमानस्थल हो । त्यही भएर हामी चाहन्छौं किन मुआब्ज वितरणको बारेमा छानबिन होस् भनेर ? चप्पल लगाएर प्राधिकरण छिरेकासँग आज अर्बौंको व्यक्तिगत सम्पत्ति छन् ? ति एक/एक प्रमाण हामीसँग सुरक्षित छ ।
मुआब्जा वितरणको क्रममा भएको १३ अर्बको भ्रष्टाचारमा संलग्न अरु कोही होइन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, प्राधिकरण अन्तर्गत रहेको राष्ट्रिय गौरव आयोजनाका प्रमुख, विमानस्थल निर्माण आयोजनाका आयोजना प्रमुख, तत्कालिन जिल्ला मुआब्जा निर्धारण समिति, मालपोत कार्यालय भैरहवा र नापी कार्यालय भैरहवाको मिलेमतोमा १३ अर्बको भ्रष्टाचार भएको प्रमाण ग्राउण्ड जिरोलाई प्राप्त भएको छ । र, यसपटकको सिरिजमा हामीले मुआब्जा बितरणको क्रममा भएको भ्रष्टाचारको फाइल ओपन गर्दै छौं ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।