नेपालगञ्जमा टर्मिनल भवन निर्माण गर्दा १ अर्ब २५ करोडको भ्रष्टाचार
जब नेपालको आकाशमा हवाई दुर्घटना हुन्छन् । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि प्रश्नहरु उठ्छन् । सडकदेखि सदन सम्मकाले, प्राधिकरण नेतृत्वको विरोद्ध गर्छन् । तर, सुधार केही हुँदैन । दुर्घटनापछि छानबिन समिति बन्छन् र प्रतिवेदनहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकै दराजमा थन्किन्छन् । दुर्घटनाका सबै भन्दा बढी दोषि, जो हुन्छन्, त्यही व्यक्तिसँग सरकारका मन्त्रीहरु रमाउछन् कारबाहीको सट्टा । यो त भयो दुर्घटनाको दृष्टिकोणबाट ।
अब हामी भौतिक निर्माण तर्फ कुरा गरौं । नेपालको उड्डयन क्षेत्रमा भौतिक संरचना बनाउने नाममा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले गरेको ४१ अर्बको भ्रष्टाचार । र, आजको सिरिजमा तपाईलाई हामीले नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवन बनाउने नाममा १ अर्ब २५ करोडको भ्रष्टाचारको फाइल ओपन गर्दैछौं ।
कर्णाली प्रदेशको सबै विमानस्थलको लाइफलाइन नेपालगञ्ज विमानस्थललाई मानिन्छ । जसको रन–वे को लम्बाई १६ सयम मिटर रहेको छ ।
आर्थिक वर्ष २०७९⁄८० मा दुर्गम अर्थात् कर्णाली प्रदेश तर्फ ३६ हजार १ सय १३ यात्रुले यो विमानस्थल प्रयोग गरेका थिए । त्यसै गरी सुगम तर्फ २ लाख १६ हजार ४ सय १ जना ।
दुर्गम र सुगमको वार्षिक तथ्यांक हेर्ने हो भने २ लाख ५२ हजार ५ सय २५ जना रहेको छ ।
आर्थिक वर्ष २०८०⁄८१ मा दुर्गम अर्थात् कर्णाली प्रदेश तर्फ २९ हजार ४ सय ४४ यात्रुले यो विमानस्थल प्रयोग गरेका थिए । त्यसै गरी सुगम तर्फ २ लाख १२ हजार ५ सय ७३ जना ।
दुर्गम र सुगमको वार्षिक तथ्यांक हेर्ने हो भने २ लाख ४२ हजार १७ जना रहेको छ ।
प्राधिकरणकै वार्षिक रिपोर्टले नेपालगञ्ज विमानस्थल प्रयोग गर्ने यात्रुको संख्या घट्दो रहेछ भने देखाउछन् । यति धेरै लगानी गरेर नयाँ टर्मिनल भवन बनाउन कति आवश्यक रहेको छ ?
र, अहिले जे जस्तो नेपालगञ्ज विमानस्थलको भौतिक संरचनाहरु रहेका छन् । त्यो अगामी २० वर्षसम्म यात्रुको चापलाई थेग्ने खालको रहेको छ, टर्मिनल भवनमा ५⁄७ करोड लगानी थपेको खण्डमा । तर, यहाँ विकासको नाममा अर्बौ रुपैयाँ संस्थागत भ्रष्टाचार भएको छ ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।