Skip to main content
सोमबार, ०७ मंसिर २०८३

Author: Ground Zero

छानविन समितिले नै जोगाउन खोज्दै थियो ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका भ्रष्टाचारीलाई’ ! (प्रतिवेदन सहित)

पोखरा र भैरहवामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलमा ३१ अर्बको भ्रष्टाचार भएको छ । जुन कुरा तथ्य सहित अघिल्लो सिरिजमा देखाइसकेका छौं । यस पटक हामी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बारेमा छानबिन तथा अध्ययन समितिले तयार गरेको प्रतिवेदनको बारेमा देखाउँदै छौं । प्रतिवेदनमा विमानस्थल ठिकठाक छ, भ्रष्टाचार लगायतका विषयमा अनुसन्धान नै गरेको छैन । ग्राउण्ड जिरोलाई प्राप्त प्रतिवेदनमा विमानस्थलका लागि आवश्यकता भन्दा बढी जग्गा खरिद गरिएको बारेमा एक शब्द उल्लेख गरेको छैन । सोही प्रतिवेदन र मन्त्रीहरुसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रै गरिएको कुराकानी देखाउँदैछौं यसपटक...

Continue reading

मुआब्जा वितरण र खोलाको जग्गा बारे छानविन होस् : भैरहवावासी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा मुआब्जा बितरण गर्दा कम्तिमा १३ अर्बको भ्रष्टाचार भएको ग्राउण्ड जिरोले खुलासा गरेपछि सार्वजनिक लेखा समितिमा भुकम्प नै गएको छ । उता, भैरहवामा पनि त्यस क्षेत्रका बुद्धिजिबि, व्यापारी तथा सर्वसाधारणले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा आवश्यकता भन्दा बढी खोलाको जग्गा अधिग्रहण गर्दा भ्रष्टाचार भएको भन्दै सत्य, तथ्य, छानबिन गरी कारबाही प्रक्रिया अगाडी बढाउन माग गरेका छन् । साथै उनीहरुले उक्त विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान गर्न पनि माग गरेका छन् । नीजि क्षेत्रबाट ठूलो लगानी भएको र गौतमबुद्ध अन्तर्राष्ट्रिय...

Continue reading

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचारमा दुई चार वटा ठूला माछा पर्छन् : संयोजक लिङ्देन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १८ अर्ब भन्दा बढीको भ्रष्टाचार भएको छ । सांसद् राजेन्द्र लिङ्देनको संयोजकत्वमा रहेको उपसमितिले विमानस्थल निर्माणका क्रममा अर्बौंको भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।प्रतिवेदनमा नीतिगत निर्णयको आवरणमा चरणवद्ध रूपमा भ्रष्टाचार भएको उल्लेख गर्दै विमानस्थल ठेक्का प्रक्रियादेखि निर्माणसम्म नै भ्रष्टाचार सुरु भएको उल्लेख छ । जसका लागि विभिन्न समयमा भएका मन्त्रीहरु र नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरु जिम्मेवार रहेका छन् । साथै छानबिन समितिले प्राधिकरणका अहिलेका महानिर्देशक प्रदिप अधिकारीलाई मुख्य योजनाकार रहेको उल्लेख छ । प्रतिवेदनमा...

Continue reading

विमानस्थको रन-वे भन्दा लामो भ्रष्टाचारको लिष्ट : पराजुली

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको १८ अर्ब भन्दा बढीको भ्रष्टाचरको विषय प्रतिनिधि सभाको बैठकमा प्रवेश गरेका छन् ।आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा विमानस्थलको रन-वे भन्दा लामो भ्रष्टाचारको लिष्ट बाहिर आएको बताएका छन् ।विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टाचारको विषय ग्राउण्ड जिरोले पहिलो पटक बाहिर ल्याएको थियो । उक्त स्टोरीहरु सिरिज रुपमा तल्लको लिंकमा हेर्न सकिन्छ ।थप स्टोरीहरु :-पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भारपोखरामा कसरी...

Continue reading

सौर्य एयरलाइन्सको त्यो जहाज दुर्घटना र लुकाइएको तथ्यहरु ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सौर्य एयरलाइन्सको जहाज दुर्घटना ( २०८१ साउन ९ गते) भएको ९ महिना बितिसक्यो । तर पूर्ण प्रतिवेदन अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन सरकारले । सौर्य एयरलाइन्स जहाज दुर्घटना प्रारम्भिक प्रतिवेदन नै गल्त र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको सेटिङ ल्याएको प्रमाण ग्राउण्ड जिरोको पहिलो सिरिजमा देखाइसक्यौं । अब यो सिरिजमा हामी सो दुर्घटनामा एकै परिवारका ज्यान गुमाएका ज्वाईँ मनुराज शर्मा, नाती अधिराज शर्मा र छोरी प्रिजा खतिवडाका बुवा प्रकाश खतिवाडासँग कुराकानी गरेका छौं । थप स्टोरी :-बिग्रेको जहाजमा १९ जना राखेर कसले बाध्य...

Continue reading

सरकारी स्वामित्वको मणिपाल बिक्रीमा महानगरपालिका, शिक्षा मन्त्रालयको मिलेमतो

सरकारी स्वामित्वमा आउने पर्ने १० अर्बको नेपाल मणिपाल मेडिकल कलेज पोखरा बतास समूहले कब्जा गरेको ३ वर्ष भन्दा बढी समय बितिसक्यो । तर, स्थानीयदेखि संघीय सरकारसम्म बोलेको छैन । बतास समूहलाई कारबाही गर्नुको सट्टा उल्टै स्थानीय सरकारले साथ दिएका छन् । अघिल्लो सिरिजमा कसरी पोखराकाद्वय आनन्दराज बतास (बतास समूह) र नारायणप्रसाद पौडेलले भारतीय लगानी कर्ताबाट नियम कानूनलाई धोती लगाएर १० अर्बको सरकारी स्वामित्वमा आउनु पर्ने मणिपाल मेडिकल कलेज कब्जा गरेको हो । मणिपाल बिक्री भएको शेयरलगत मणिपाल मेडिकल कलेज बतास समूहलाई बिक्री शिक्षा मन्त्रीस्तरीय निर्णय मणिपाल मेडिकल कलेज बिक्री गर्न पाइदैन भने...

Continue reading

बिग्रेको जहाजमा १९ जना राखेर कसले बाध्य पार्‍यो पोखरा विमानस्थल लानका लागि सौर्य एयरलाइन्सलाई ?

गत साउन ९ गते । त्यो, सौर्य एयरलाइन्सको जहाज दुर्घटना । दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै हुँदा १८ जनाको मृत्यु भयो ।सरकारले दुर्घटना जाँचबुझ गर्नका लागि रतीशचन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरियो । आयोगले भदौ २० गते आफ्नो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । तर, पूर्ण प्रतिवेदन अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन ।अब बुझ्नु पर्ने कुरा के हो भने सौर्य एयरलाइन्सको जहाज दुर्घटना बाहेक नेपालमा जति जहाज दुर्घटना भयो । कुनै पनि दुर्घटनामा जहाजको क्याप्टेन बाँचेका थिएन । तर यस पटक जहाजको क्याप्टेन बाँच्न सफल भयो ।जसले गर्दा यस पटकको जहाज दुर्घटनामा...

Continue reading

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गर्दा पनि किन पोखरा जान मानेन अन्तर्राष्ट्रिय एयरलाइन्स ?

झण्डै ३५ अर्ब ऋणमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । सञ्चालनमा आएको २ वर्ष ३ महिना पुरा भयो ।सञ्चालनमा आएदेखि आजसम्म न त यहाँबाट जहाज टेकअफ गर्‍यो, न त यहाँ ल्याण्डिङ नै व्यावसायीक रुपमा अन्तर्राष्ट्रिय फ्लाइटहरु ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जबर्जस्त निर्माणको नाममा दैनिक १० घण्टा बन्द गरियो । तर पनि कुनै एउटा अन्तर्राष्ट्रिय जहाज, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टेकअफ र ल्याण्डिङ गर्न मानेन । अरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा त एकआध जहाज गयो । तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जान मानेन, अन्तर्राष्ट्रिय जहाजहरु । कारण के होला ? पोखरामा अन्तर्राष्ट्रिय...

Continue reading

बालक पनि सौर्य एयरलाइन्सको कर्मचारी !

एकीकृत समाजवादीका सांसद् शेरबहादुर कुँवरले सौर्य एयरलाइन्स जहाज दुर्घटनाको पुनः छानबिन गर्न माग गरेको छ । बुधबारको प्रतिनिधि सभाको बैठकमा सांसद् कुँवरले गएको साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज उडान गैरकानूनी रहेको र बालकलाई कर्मचारी बनाएको भन्दै सो दुर्घटनाबारे पुनः छानविन गर्नु पर्ने प्रसंग उठाएका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको केही बेरमै ९ साउन २०८१ मा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा पाइलट मनिष शाक्य भने बाँच्न सफल भएका थिए ।

Continue reading

आर्यघाटमा पैसाको चिता बनाउने अफर गरेको थियो मणिपाल मेडिकल कलेजबाट : संयोजक ओझा

सरकारी स्वामित्वमा आउनु पर्ने नेपाल मणिपाल मेडिकल कलेज पोखरा बतास समूहले गैर कानूनीरुपमा कब्जा गरेपछि ग्राउण्ड जिरोले सिरिज रुपमा स्टोरी प्रसारण गर्दै आएको छ ।अबको यो चौथो सिरिजमा दुई/दुई पटक शिक्षामन्त्री हुनु भएका तथा वि.सं. २०५१ सालमा विदेशी लगानी कर्ताहरुबाट नीजि क्षेत्रमा संचालन गरिने मेडिकल कलेजहरु बारे सांसद देवीप्रसाद ओझाको संयोजकमा एक समिति गठन भएको थियो । सोही समितिले मणिपाल मेडिकल कलेज पोखरा बिक्री गर्न नपाउने र यो सरकारी नै हो भनेर प्रतिवेदनमा उल्लेख गरियो । भारतको मणिपाल ग्रुपलाई विभिन्न सर्तसहित ४९ वर्षसम्म मात्रै कलेज चलाउन पाउने तथा कलेज बिचमा बन्द भए वा छोडेको...

Continue reading

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई घुस दिएपछि मात्रै मुआब्जा

रुपन्देही जिल्लाको भैरहवामा पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । यही विमानस्थल निर्माण गर्दा मुआब्जा वितरणको क्रममा १३ अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार भयो । जुन कुरा हामीले ग्राउण्ड जिरोको पहिलो सिरिजमा देखाइसका छौं । अब हामी यो सिरिजमा विमानस्थल निर्माण गर्नका लागि त्यस क्षेत्रका नागरिकले आफ्नो जग्गा दिएर पनि कर्मचारीहरुलाई घुस दिनुपरेको तितो यर्थात् देखाउँदैछौं ।सो क्रममा हामीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा दिएका सर्वसाधरणलाई भेटेका छौं । उनीहरु भन्दै छन्, मुआब्जा बितरणको क्रममा प्राधिकरणले ८० प्रतिशत सर्वसाधरण नागरिकसँग विभिन्न च्यानल बनाएर पैसा उठाएको आरोप...

Continue reading

सरकारी स्वामित्वको मणिपालको सेयर पौडेल र बतासको दाजुभाई र छोराछोरीको नाममा

नेपाल मणिपाल मेडिकल कलेज पोखरा । जसको स्वामित्व नेपाल सरकारको हुनु पर्ने थियो अर्थात् सरकारी । तर, १० अर्ब रुपैयाँको मेडिकल कलेज, ३ अर्ब ४० करोडमा रातारात नेपाली व्यापारी समूहले किन्यो । मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप इण्डियाको लगानी रहेको उक्त कलेज कसरी नेपालमा खुल्यो र सरकारसँग के सम्झौता भएको थियो, जुन कुरा हामी पहिलो सिरिजमा देखाइसक्योैं र त्यसपछि दोस्रो सिरिजमा कुन राजनीतिक दल शत्तामा पुगेपछि मणिपाल मेडिकल कलेज बिक्री गरिदियो बतास समूहलाई त्यो पनि प्रमाण सहित देखाइसकेका छौं । र, अब हामी तेस्रो सिरिजमा आनन्द बतासको कम्पनी बापो होल्डिङ्ग्स प्रा.लि.को सेयर बाँडफाँटसहितको प्रमाण...

Continue reading

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा वितरणको क्रममा १३ अर्बको भ्रष्टाचार

रुपन्देही जिल्लाको भैरहवामा पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ।यही विमानस्थल निर्माण गर्दा मुआब्जा वितरणको क्रममा १३ अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार भयो । हामी भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भयो, भने त्यसको विरोध गरेका छैनौं, गरेका छौं त भ्रष्टाचारको । किन भने तपाई हामी नागरिकले तिरेको कर, ऋण तथा अनुदानबाट निर्माण भएको विमानस्थल हो । त्यही भएर हामी चाहन्छौं किन मुआब्ज वितरणको बारेमा छानबिन होस् भनेर ? चप्पल लगाएर प्राधिकरण छिरेकासँग आज अर्बौंको व्यक्तिगत सम्पत्ति छन् ? ति एक/एक प्रमाण हामीसँग सुरक्षित छ । मुआब्जा वितरणको क्रममा भएको १३ अर्बको भ्रष्टाचारमा संलग्न...

Continue reading

मणिपाल मेडिकल कलेज बतास समूहले किनेपछि…

नेपाल मणिपाल मेडिकल कलेज पोखरा । जसको स्वामित्व नेपाल सरकारको हुनु पर्ने थियो अर्थात् सरकारी । तर, १० अर्ब रुपैयाँको कलेज, ३ अर्ब ४० करोड रुपैयाँमा रातारात नेपाली व्यापारी समूहले किन्यो । मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप इण्डियाको लगानी रहेको उक्त कलेज कसरी नेपालमा खुल्यो र सरकारसँग के सम्झौता भएको थियो, त्यो कुरा हामीले ग्राउण्ड जिरोको अघिल्लो भागमा देखाइसकेका छौं । अब हामी दोस्रो सिरिजमा नेपाल सरकारको स्वामित्वमा हुनु पर्ने, मणिपाल मेडिकल कलेज पोखरा कब्जा गर्ने नेपाली व्यापारी को हुन् ? कुन राजनीतिक दलका नेताहरु सत्तामा पुगेपछि मणिपाल मेडिकल कलेज बिक्री गरिदियो ? एक/एक प्रमाणहरु ग्राउण्ड...

Continue reading