Author: Ground Zero
पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा कहाँ चुक्यो प्राधिकरण ?
शिशिर शर्मा, नेपालमा ३२ वर्षसम्म निरंतर जहाज उडाइँ रहेँ । देशमा जहाज लिएर नगएको कुनै विमानस्थल छैन । देश बाहिर पनि विभिन्न एयरलाइन्समा पनि काम गरेको अनुभव छ । त्यसक्रममा विश्वको एभिएसन क्षेत्रलाई झन नजिकबाट हेर्ने मोका पाउनु भयो । र अहिले नेपालको एभिएसन अर्थात् उड्डयन क्षेत्रमा जे भइरहेको छ त्यो गल्त भइरहेको छ , सोही राष्ट्रिय महत्वको विषय केन्द्रित भएर उड्डयन विज्ञ शर्मासँग सुभक महतोले गरेको भिडियो कुराकानी ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार : मास्टर लिस्टमा जोडिएका पूर्वमन्त्रीहरु को को हुन् ?
पोखरामा भएको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र त्यसमा भएको १८ अर्बको भ्रष्टाचार । अनि सोही भ्रष्टाचारको बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी विरुद्ध १ सय ५० भन्दा बढी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन् । तर, यति ठूलो भ्रष्टाचार हुदाँसम्म पनि प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही गर्न सकेकै छैन । अर्ब भ्रष्टाचार गर्दा समेत कसैले केही गर्न नसकेको कारण के होला ? किन प्रदिप अधिकारीको भ्रष्टाचारको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राख्यो ? यी सब पछाडीका कारण के होला ? ग्राउण्ड जिरोको...
प्रदिप अधिकारीको अगाडी किन मौन अख्तियार : सदस्य राणा
देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि चैत १८ गतेसम्म रातिको समयमा दैनिक १० घण्टा बन्द गरिँदैछ । जसको मुख्य उद्देश्य पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टाचारबाट जोगिनु रहेको छ, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको । यही घटनालाई लिएर हामीले अन्तार्राष्ट्रिय सम्बन्धी र पर्यटन समितिका सदस्य उदयशंशेर राणासँग कुराकानी गरेका छौं । थप लिंक :-भैरहवा र पोखरा जान नमान्दा थाई एयर एसिया आकासमा घण्टौं होल्ड
भैरहवा र पोखरा जान नमान्दा थाई एयर एसिया आकासमा घण्टौं होल्ड
देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि चैत १८ गतेसम्म रातिको समयमा दैनिक १० घण्टा बन्द गरिँदैछ । जसको मुख्य उद्देश्य पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टाचारबाट जोगिनु रहेको छ, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको ।होइन भने यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य रन–वे निर्माण गर्दा ५/६ घण्टा बन्द भएको थियो । तर यसपटक विमानस्थलको रन–वे होइन । पार्किङ, ट्याक्सी वे, ह्याङ्गर जस्ता संरचना निर्माण गर्दा राती १० बजेदेखि बिहान ८ बजेसम्म...
नेपालगञ्जमा टर्मिनल भवन निर्माण गर्दा १ अर्ब २५ करोडको भ्रष्टाचार
जब नेपालको आकाशमा हवाई दुर्घटना हुन्छन् । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि प्रश्नहरु उठ्छन् । सडकदेखि सदन सम्मकाले, प्राधिकरण नेतृत्वको विरोद्ध गर्छन् । तर, सुधार केही हुँदैन । दुर्घटनापछि छानबिन समिति बन्छन् र प्रतिवेदनहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकै दराजमा थन्किन्छन् । दुर्घटनाका सबै भन्दा बढी दोषि, जो हुन्छन्, त्यही व्यक्तिसँग सरकारका मन्त्रीहरु रमाउछन् कारबाहीको सट्टा । यो त भयो दुर्घटनाको दृष्टिकोणबाट ।अब हामी भौतिक निर्माण तर्फ कुरा गरौं । नेपालको उड्डयन क्षेत्रमा भौतिक संरचना बनाउने नाममा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले गरेको ४१ अर्बको भ्रष्टाचार...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : यसरी रिहा भएको थियो सिएएमसीका म्यानेजर झु झानफेङ
पाँच वर्ष (२०७६ असार १७ गते) अघि पोखरा अम्मरसिंह चोकस्थित जेब्रा क्रसमा बाटो काट्दै गर्दा एक नेपालीको मृत्यु भयो, चिनियाँ नागरिकले चलाएको गाडीको ठक्करबाट ।जसको कनेक्सन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चाइनिज कम्पनीदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणसम्मको रहेको छ ।चिनियाँ नागरिक :-नाम : झु झानफेङठेगाना : सिचुआन चेङ्दु चेङ्गुआ जी–९पासपोर्ट नम्बर : PE 1428270उमेर : ४४ वर्षहाल : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा आयोजनाको म्यानेजरको रुपमा कार्यरत ।स्थान : पोखरा–१० अम्मरसिंह चोक ।समय : राति ११ः३० बजे ।गाडी नम्बर : बा २० च २५६६ नम्बरको...
नेपालको उड्डयन क्षेत्रमा एक कर्मचारीले गरेको ४१ अर्बको भ्रष्टाचार
नेपालको उड्डन क्षेत्रमा भएको ४१ अर्बको भ्रष्टाचार ।त्यो पनि एउटा कर्मचारीले ? तर, भ्रष्टाचारको पैसाको, बिटोले हिर्काउदा, न सरकारले केही गर्न सकेको छ, ति कर्मचारीलाई । न त अख्तियार दुरुपयोग अनुसन्धान, न त सम्पतिशुद्धिकरणले नै केही गर्न सकेका छन्, ति कर्मचारीलाई ।त्यसका बारेमा समाचार लेख्दा उल्टै ज्यान मार्ने धम्की दिन्छन् । उनी अरु कोही होइन । हो त, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी ।काठमाडौं छिर्दा चपल लगाएर आएका अधिकारीको नाममा ८ देखि १० अर्बको सम्पति छन् अहिले । सामान्य परिवारका मान्छेको नाममा यति धेरै सम्पति कहाँबाट आयो ? यसको लेखाजोखा ग्राउण्ड जिरोले अर्को...
बयानको क्रममा भ्रम बाड्दै प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी
उनी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी ।जसमाथि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १५ अर्ब भन्दा बढीको घोटालाको आरोप छ । जसको खुलासा ग्राउण्ड जिरोले गरेको थियो ।सोही घोटाला बारेमा छानबिन गर्नका लागि सार्वजनिक लेखा समितिले प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्गदेनको नेतृत्वमा एक उपसमिति बनाएको छ । समितिले केही समय अघि विमानस्थलको निरिक्षण गरेर पनि आइयो । बिहीबार महानिर्देशक प्रदिप अधिकारीलाई कागज पत्र सहित बयानका लागि बोलाउदा छानबिन समितिकै बैठकमा झुठमाथि झुठ बोलेका छन् ।
सांसद झालाई हाम्रो प्रश्न ?
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एयरको जहाज १५ जनवरी २०२३ मा दुर्घटना भयो । जुन दुर्घटनामा ७२ जनाको मृत्यु भयो । ग्राउण्ड जिरोले विमानस्थल प्राविधिक रुपमा तयारी नहुँदै सञ्चालनमा ल्याएकै कारण जहाज दुर्घटना भएको हो भने तथ्य बाहिर ल्याएको छ र सो क्रममा जहाजको ककपीट कुराकानी पनि सार्वजनिक गर्यौं । मंगलबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसद मनिष झाले ककपीटको कुराकानी सार्वजनिक नगर्नु पर्ने तर्क गरेका छन् ।अब सांसद झालाई हाम्रो प्रश्न१. त्यसो भए १५ जनवरी २०२३ को जहाज दुर्घटनाको पुनः छानविनको माग गर्न सक्नु हुन्छ त्यही संसदबाट ?२. सक्नु...
मृतक परिवारद्वारा काठमाडौं जिल्ला अदालतमा प्राधिकरण र यती एयरलाइन्समाथि मुद्दा दायर
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थमा यति एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ७२ जनाको ज्यान गयो । १५ जनवरी २०२३ मा भएको जहाज दुर्घटना कुनै आकास्मीक थिएन, थियो त नियोजित । त्यसमा पनि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको चरम लापर्वाही । त्यही बन्द भइसकेको एती एयरको पोखरा दुर्घटनाको फाइल ओपन गर्दै छौं । र, यो तेस्रो भागमा हामीले मृतकका आफन्तले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा र यती एयरलाइन्सको चरम लापर्बाहीका कारण जहाज दुर्घटन भएको हो भने थप प्रमाण सार्वजनिक गर्दै छौं ।
यस्तो थियो पोखरामा भएको जहाज दुर्घटना अघि पाइलट र कोपाइलट बीचको कुराकानी
यती एयरको त्यो जहाज दुर्घटना, कुनै भवितव्य अर्थात्आकास्मीक थिएन, थियो त, नियोजित दुर्घटना । जुन दुर्घटनासँग सम्बन्धीत थप प्रमाणहरु हामी सार्वजनिक गर्दै छौं । अब एक पटक ककपीटको यो अडियो सुन्नु होस्, । जहाज दुर्घटना हुनु भन्दा ५ मिनेट अगाडीदेखि दुर्घटनासम्मको ।
प्राधिकरणको महानिर्देशक प्रदिप अधिकारीसँग पोखरा यती एयर जहाज दुर्घटनाको कनेक्सन
सावधान ! सुन्नु भएको यो डरलाग्दो अडियो । १५ जनवरी २०२३ अर्थात १ माघ २०७९ आइतबारको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको ATR-72 जहाज अवरण गर्ने क्रममा दुर्घटना भयो । जुन दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो । तपाईलाई लाग्न सक्छ । जहाज दुर्घटना भएको १८ महिना भयो । जहाज दुर्घटना सम्बन्धी छानबिन आयोगले आफनो प्रतिवेदन सार्वजनिक गरिसक्यो त । दोषी पनि देखाइसक्यो । अब त, फाइल नै बन्द भयो । तर होइन । ग्राउण्ड जिरोले बन्द भएको यति एयर पोखरा दुर्घटनाको फाइल ओपन गर्दै छ । तथ्य र प्रमाणले ७२ जनाको ज्यान जाने गरी भएको जहाज दुर्घटनामा नेपाल नागरिक उडडयन प्राधिकरणको चरम लापरवाही...




















