
Ground Zero
November 20, 2026

सरकारले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ६ र ७ गते हुने भ्रमण स्वीकृत गर्नुका साथै नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार बैठकले भोटेकोशी नदीको आकस्मिक बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन डलर नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट ‘र्यापिड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि भएको छ ।
यसैगरी, देशभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको लगत तयार गर्न आदेश जारी गर्ने निर्णय बैठकले गरेको छ । बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३०, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ समेत स्वीकृत गरेको छ ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।