
Ground Zero
November 7, 2026

मानव अधिकारवादी नेता, शान्ति, मातृभाषा अभियन्ता एवं वरिष्ठ साहित्यकार पद्मरत्न तुलाधरको आठौँ स्मृति दिवस मनाइएको छ।
दिवसका अवसरमा पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानद्वारा शनिबार काठमाडौँको रत्नपार्कस्थित शङ्खधर साख्वा स्मृति पार्कमा आयोजित विशेष कार्यक्रममा उहाँको शालिकमा माल्यार्पण गरियो। सो क्रममा सहभागीहरूले मानवअधिकार, नेपाल भाषा तथा सांस्कृतिक आन्दोलनमा तुलाधरले पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्नुभएको थियो।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले तुलाधरको योगदानको उच्च सम्मान गर्दै उहाँले देखाएको निष्ठा र न्यायको बाटोमा सबै हिँड्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले राष्ट्र निर्माणका लागि एकजुट भई शान्ति प्रक्रियामा अघि बढ्नुपर्छ भन्ने तुलाधरको सन्देश आजको सन्दर्भमा झनै महत्त्वपूर्ण र सान्दर्भिक रहेको बताउनुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।