Skip to main content
बुधबार, ०२ मंसिर २०८३

दैलेखको डुङ्गेश्वर गाउँपालिकामा १ करोड ४३ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 18, 2026


दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा १ करोड ४३ लाख ९५ हजार ८ सय ६७ रुपैयाँको अनियमितता भएको छ भने प्रमाण तथा कागजात पेश नै नगरेर १ करोड ७३ हजार ७ सय ७४ रुपैयाँ झ्वाम पारेका छन् ।

स्थानीय तहमा आर्थिक अनुशासन कसरी खस्किँदै गएको छ भन्ने अर्को गतिलो उदाहरण दैलेखको डुङ्गेश्वर गाउँपालिकामा देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदनले यहाँ कानुन विपरीत व्यापक रकम अनियमितता र कागजातबिना नै खर्च गरिएको खुलासा गरेको छ।

कानुनले प्रस्ट रूपमा रोक लगाए पनि पालिकाले विभिन्न पदमा २३ जना कर्मचारीलाई करारमा राखेर ८४ लाख रुपैयाँभन्दा बढी तलब–भत्ता बाँडेको छ। त्यस्तै, अघिल्लो वर्षको दायित्व भुक्तानी गर्दा ५४ लाख रुपैयाँभन्दा बढी रकम नियमविपरीत अन्य कार्यक्रमको बजेटबाट रकमान्तर गरी भुक्तानी दिइएको पाइएको छ।

आफ्नो क्षेत्रभन्दा बाहिरका प्रहरी चौकीहरूको घरभाडा र कार्यालय व्यवस्थापनका नाममा ३ लाख ८४ हजार रुपैयाँ खर्च गरिएको छ। अझ अचम्मको कुरा त विकास निर्माणको योजना र कन्टेन्जेन्सीको बजेटबाट कर्मचारीलाई सेवाकालीन तालिमको दैनिक तथा भ्रमण भत्ताबापत २ लाख रुपैयाँ गैरकानुनी रूपमा बाँडिएको छ।

पुराना बेरुजुसमेत जोड्दा डुङ्गेश्वर गाउँपालिकाको कुल बेरुजु २१ करोड २५ लाख रुपैयाँ नाघेको छ। नागरिकको करबाट उठेको विकासको बजेटमाथिको यो लापरबाहीप्रति अब पनि मौ बस्ने कि प्रश्न गर्ने ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।