
Ground Zero
November 12, 2026

म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियान अन्तर्गत चार जना भाग्यशाली विजेतालाई मोटरसाइकल र स्कुटर हस्तान्तरण गरिएको छ । काठमाडौं र विराटनगरमा आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थल ‘एक्सट्रिम फ्यानजोन’ मार्फत पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममा काठमाडौंको सिफलबाट सुमन कर्माचार्य र विनोद ढुंगेल तथा विराटनगरबाट स्थानीय विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरेका छन् । यस्तै, विराटनगरकै कार्यक्रममा धरानका अनोज कुमार अधिकारीलाई स्कुटर हस्तान्तरण गरियो । सामान्य रूपमा किनेको इनर्जी ड्रिङ्कको बिर्कोबाट यति ठूलो पुरस्कार जित्दा आफूहरू निकै उत्साहित र खुसी भएको विजेताहरूले बताएका छन् ।
कम्पनीका अनुसार यस अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन् । उपभोक्ताका लागि अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर उपहारमा एउटा ‘प्रोटोन कार’ जित्ने अवसर बाँकी रहेको छ । आगामी दिनमा पनि फ्यानजोनमार्फत पुरस्कार हस्तान्तरणलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।