
Ground Zero
November 19, 2026

प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले विकासको गति र सुरक्षित भविष्यबीच सन्तुलन कायम गर्नु आजको मुख्य आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार ‘नेपाल जियोलोजिकल कंग्रेस’ को उद्घाटन गर्दै उहाँले विपद् न्यूनीकरणका लागि भू–विज्ञानको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
सभामुख अर्यालले प्राकृतिक प्रकोप पूर्ण रूपमा रोक्न नसकिए पनि वैज्ञानिक अनुसन्धान, पूर्वतयारी र जोखिम पहिचानबाट क्षति कम गर्न सकिने धारणा राख्नुभयो । सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल र सहरी पूर्वाधार निर्माण गर्दा भूगर्भीय अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
संविधानले प्रत्याभूत गरेको स्वच्छ वातावरणको हक र प्राकृतिक स्रोतको दिगो उपयोगका लागि तथ्यमा आधारित नीति निर्माण आवश्यक रहेको उहाँको भनाइ छ । साथै, युवा वैज्ञानिकहरूको क्षमता अभिवृद्धि र जलवायुजन्य जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य, तथ्याङ्क आदानप्रदान तथा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्ने सभामुख अर्यालले बताउनुभयो ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।