
Ground Zero
November 19, 2026

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाको विषयलाई प्राथमिकताका साथ अघि बढाउन सुझाव दिनुभएको छ ।
रुस भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्कनुभएका संयोजक प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वरलगायतका महत्वपूर्ण परियोजनाहरू वर्तमान नेतृत्वले टुङ्ग्याएमा उचित हुने बताउनुभयो । सो अवसरमा उहाँले विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता र कृषि विकासका सहमति तथा समझदारीहरूलाई पनि अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
वर्तमान प्रधानमन्त्रीको कार्यशैली र भ्रमणबारे केही अस्पष्टता रहे पनि सरकारका राम्रा काममा समर्थन र सहयोग रहने तथा नराम्रो कामको आलोचना गरिने स्पष्ट नीति रहेको प्रचण्डले बताउनुभयो ।
यसैगरी, रुसमा आयोजित सम्मेलनमा विश्वमा भइरहेका युद्ध र तनाव, ‘ब्रिक्स’, बहुध्रुवीय विश्व व्यवस्था तथा प्यालेस्टाइन र युक्रेन लगायतका समसामयिक विषयमा पार्टी र देशको स्पष्ट धारणा राखिएको उहाँले जानकारी दिनुभयो ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।