Skip to main content
शुक्रबार, २३ असोज २०८३

सत्ता होइन, काममा प्रतिस्पर्धा गरौं : आरेन राई

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 4, 2026


श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी र गल्तीहरूलाई सच्याउँदै देश निर्माणमा योगदान पुर्‍याउन राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अब नयाँ पुस्ताले रूपान्तरणसहित अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो

महासचिव राईले कुन पार्टीले कति वर्ष सत्ता चलाउने भन्ने होडबाजी गर्नुभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्नेमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने धारणा राख्नुभयो। उहाँले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले खेलेको ऐतिहासिक भूमिकाको सराहना गर्नुभयो।

कांग्रेसको इतिहासमा अनगिन्ती नेता तथा कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि अतुलनीय योगदान दिएको उहाँको भनाइ थियो। विगतका भुलहरूबाट पाठ सिक्दै नयाँ सोच र ऊर्जाका साथ अघि बढेर मुलुकलाई समृद्ध बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।