Skip to main content
आइतबार, १८ असोज २०८३

सभापति गगन थापाको प्रश्न: देउवाका लागि कुर्सी खाली छ, तर उहाँ किन आउनुभएन ?

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 4, 2026


नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औँ महाधिवेशनले बदलिएको कांग्रेसले देश बदल्न सक्छ भन्ने विश्वासका साथ नयाँ ऊर्जा र सङ्कल्प लिने बताउनुभएको छ। काठमाडौँमा महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले यसलाई नेतृत्व चयनमा मात्र सीमित नराखी पार्टीको विगत, वर्तमान र आगामी बाटोबारे गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो

थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिए पनि उहाँ सहभागी हुन नआएको उल्लेख गर्दै यसबारे पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने जोड दिनुभयो।

१० वर्षपछि खुलेको खुलामञ्चलाई जनतासँगको संवादसँग जोड्दै उहाँले प्रधानमन्त्रीले जनताका आवाज नसुन्दासम्म शासन व्यवस्था खुला भएको अनुभूति नहुने जिकिर गर्नुभयो। विगतका हारबाट निराश नभई नयाँ बाटो तय गर्नुपर्ने भन्दै उहाँले बदलिएको परिस्थितिअनुसार पार्टीबाट बाहिरिएका नेता-कार्यकर्ताहरूसँगको सम्बन्धबारे पनि स्पष्ट दृष्टिकोण आवश्यक रहेको स्पष्ट पार्नुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।