Skip to main content
आइतबार, १८ असोज २०८३

संविधान अपरिवर्तनीय दस्तावेज होइन, नयाँ राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 4, 2026


राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका त्रुटिहरू सुधारेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ। काठमाडौँको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उहाँले विगत छ महिनाका घटनाक्रमले व्यक्ति फेरेर मात्रै समस्या समाधान नहुने स्पष्ट पारेको बताउनुभयो।

संविधान गीता, बाइबल वा कुरान जस्तो अपरिवर्तनीय दस्तावेज नभएको उल्लेख गर्दै लिङ्देनले यसका कमजोरीहरू सच्याउनुपर्नेमा जोड दिनुभयो। राजा, राजनीतिक दल र एक-अर्काबीचको निषेधको राजनीतिले देशलाई सङ्कटमा पुर्‍याएको भन्दै उहाँले निषेधको राजनीति अन्त्य गर्न आग्रह गर्नुभयो।

अध्यक्ष लिङ्देनले देशलाई निकास दिनका लागि राजा, राजनीतिक दलहरू र नवयुवा पुस्ता सबैलाई समेटेर नयाँ राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने जिकिर गर्नुभयो। यस्तो सहमतिले कसैको हार नभई सिङ्गो देशको जित हुने वातावरण बन्ने उहाँको भनाइ थियो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।