Skip to main content
शुक्रबार, ०६ कात्तिक २०८३

एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको छ: दाहाल

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 4, 2026


नेकपाका संयोजक पुष्पकमल दाहालले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यका लागि एमाले र मसालसँग समझदारी भइसकेको बताउनुभएको छ। नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त उपलब्धिहरूको रक्षाका लागि सबैलाई एकजुट हुन अपिल गर्नुभयो।

संसद्मार्फत सरकारका गलत नीति तथा निर्णयहरूको खण्डन गरिरहेको उल्लेख गर्दै प्रचण्डले अब देखापरेको प्रतिक्रान्तिको खतरा रोक्न सडकबाटै खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्राविधिक तयारी पर्याप्त नभएकाले पहिले तय गरिएको मङ्सिर ११ गतेको महाधिवेशन सम्भव नदेखिएको भन्दै उहाँले यही हप्ता बस्ने केन्द्रीय बैठकबाट नयाँ कार्यतालिका तय गरिने जानकारी दिनुभयो। हाल दुई महिने अभियानअन्तर्गत टोल-गाउँसम्म पुगी सदस्यता नवीकरण र विस्तारका कामहरू तीव्र रूपमा अघि बढाइएको उहाँले स्पष्ट पार्नुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।