Skip to main content
शनिबार, १७ असोज २०८३

सभामुख अर्यालद्वारा मौलिक सम्पदा संरक्षण र कानुन निर्माणमा जोड

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 3, 2026


सभामुख डोलप्रसाद अर्यालले राज्यको प्रमुख अङ्ग व्यवस्थापिकाको नेतृत्व सम्हाल्दै कानुन निर्माण र जनसेवाको जिम्मेवारी पूरा गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ। ज्यापू समाज यलद्वारा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जनताको आशीर्वादका कारण नै आफू यस महत्वपूर्ण स्थानमा पुगेको धारणा व्यक्त गर्नुभयो

सभामुख अर्यालले नयाँ पुस्ताको उज्ज्वल भविष्य निर्माण गर्न र अग्रजहरूले सुम्पिएका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाहरूको संरक्षणका लागि आवश्यक कानुनहरू बनाउन बाँकी रहेको उल्लेख गर्नुभयो। उहाँले सो दिशामा निरन्तर काम गरिरहने प्रतिबद्धता समेत जनाउनुभयो।

ललितपुरको ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै उहाँले यो क्षेत्र केवल मठमन्दिरमा मात्र सीमित नभई नेवारी भाषा, संस्कृति, माटोको पहिचान र राजनीतिक तथा गुठी आन्दोलनमा नेवारी समुदायले खेलेको नेतृत्वदायी भूमिकाका कारण समृद्ध रहेको बताउनुभयो। साथै, उहाँले आगामी पुस्ताका लागि हाम्रा मौलिक संस्कृति र सम्पदाको जगेर्ना गर्नु आजको मुख्य आवश्यकता रहेकोमा विशेष जोड दिनुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।