
Ground Zero
November 3, 2026

नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले संसद् नरहेको अवस्थामा विभिन्न समस्या र विकृतिहरू प्रकट भइरहेकाले तत्काल संसद् आह्वान हुनुपर्ने बताएकी छिन्। मंगलबार सिंहदरबारमा कांग्रेस र एमालेका नेताहरूले सभामुख डोलप्रसाद अर्यालसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै संसद् आह्वान गर्न आग्रह गरेका छन्। भेटमा सभामुख अर्यालले छिटो संसद् बोलाउने प्रतिबद्धता जनाएको नेताहरूले बताएका छन्।
सभामुखसँगको भेटपछि एमाले उपनेता अर्यालले सरकार, प्रशासन, न्यायपालिका र राजनीतिक दलहरूमा बिचौलियाको बिगबिगी बढेकाले यसलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइन्। उनले न्यायाधीशमाथि उठेका प्रश्नहरूको छानबिन न्याय परिषद्, सर्वोच्च अदालत वा संसद्को समितिमार्फत गर्न सकिने धारणा राखिन्। यसअघि सोमबार बसेको विपक्षी दलको बैठकले संसद् आह्वानका लागि सभामुखसँग आग्रह गर्ने निर्णय गरेको थियो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।