
Ground Zero
November 3, 2026

गण्डकी प्रदेश सरकारले आर्थिक मामिला मन्त्रालय अन्तर्गत राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ। पोखरामा मंगलबार आयोजित एक विशेष समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त नयाँ कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको हो।
कार्यालय शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशको विकास र समृद्धिका लागि राजस्व संकलन तथा कुशल व्यवस्थापन गरी गण्डकी प्रदेशलाई आत्मनिर्भर र सक्षम बनाउन यो कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। राजस्व व्यवस्थापनका लागि प्रदेशको आफ्नै निकाय नहुँदा विगतमा विविध प्राविधिक समस्या झेल्नुपरेको उल्लेख गर्दै उहाँले अब राजस्व चुहावट नियन्त्रण हुने र प्रदेशको आन्तरिक आय वृद्धिमा ठुलो सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रममा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले प्रदेशका विभिन्न क्षेत्रबाट संकलित राजस्व र संघ सरकारबाट प्राप्त हुने बजेटको सही सदुपयोग गरी समृद्ध गण्डकी निर्माण गर्न यो कार्यालयबाट प्रभावकारी काम हुने धारणा राख्नुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।