Skip to main content
शुक्रबार, २० कात्तिक २०८३

सरकारको काममा पार्टीले हस्तक्षेप गर्दैन: रवि लामिछाने

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 5, 2026


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको दैनिक कामकारबाहीमा पार्टीले कुनै पनि किसिमको हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ।

बिहीबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकार र पार्टीको जिम्मेवारी तथा कामको सीमा स्पष्ट रहेको बताउनुभयो। उहाँले सरकार टिकाउन वा पार्टी एकता जोगाउन अर्को व्यक्तिलाई कुर्सी सुम्पिने जस्ता राजनीतिक अभ्यासमा रास्वपा नरहने उल्लेख गर्नुभयो।

सरकार र पार्टीबीच कुनै अन्तरद्वन्द्व नरहेको दाबी गर्दै लामिछानेले कामको क्रममा जिज्ञासा वा प्रश्न उठेमा आपसमा बसेर छलफल गरिने र समन्वयमा कुनै कमी नहुने बताउनुभयो।

कुनै संस्थाले त्रुटि गरेमा त्यसलाई सच्याउन प्रहरी, अदालत र प्रेस काउन्सिल जस्ता निकायहरू रहेको भन्दै उहाँले ती संस्थालाई थप बलियो र विश्वासिलो बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, लामिछानेले सरकारलाई पूर्ण रूपमा विधिको शासन अनुसार परिपक्व ढङ्गले अगाडि बढ्न सुझाव दिनुभएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।