
Ground Zero
November 3, 2026

नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले बृहत्तर कम्युनिस्ट एकता र ध्रुवीकरणका लागि सम्पूर्ण कम्युनिस्ट घटकहरूलाई अपिल गर्नुभएको छ। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता कार्यक्रममा बोल्दै उहाँले कम्युनिस्ट आन्दोलनप्रति जनआकर्षण बढ्दै गएकाले यसलाई थप बलियो र प्रभावकारी बनाउन एकता आवश्यक रहेको बताउनुभयो।
उहाँले वर्तमान परिस्थितिमा पार्टी एकीकरण र सांगठनिक समायोजनका कामलाई तीव्र गतिमा अघि बढाइने स्पष्ट पार्नुभयो। आगामी जेठभित्र स्थानीय तथा प्रदेश तहको निर्वाचन हुने सम्भावना रहेकाले सम्पूर्ण पार्टी पंक्तिलाई चुनावको तयारीमा जुट्न उहाँले निर्देशन दिनुभयो।
पार्टीलाई तल्लो तहदेखि नै सुदृढ बनाउन पालिका र वडा तहमा अधिवेशन आयोजना गरी कार्यकर्ता तथा जनता परिचालन गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो। स्थानीय चुनावलाई दृष्टिगत गर्दै महाधिवेशन चुनावपछि गर्ने र यस अवधिमा संगठन सुदृढीकरणमा केन्द्रित हुने उहाँको भनाइ थियो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।