
Ground Zero
November 5, 2026

सरकारले लगानीकर्तालाई पूर्वाधार क्षेत्रमा आकर्षित गर्ने उद्देश्यका साथ आगामी मंसीर २३ र २४ गते काठमाडौंमा ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आयोजना गर्ने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्त रूपमा काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्
पत्रकार सम्मेलनमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले कानुनी तथा नीतिगत सुधारबारे जानकारी दिँदै लगानीमैत्री वातावरण, सुरक्षा, बजार र प्रतिफलको ग्यारेन्टी गर्नु सम्मेलनको मुख्य लक्ष्य रहेको बताउनुभयो। साथै, सार्वजनिक खरिदमा स्वदेशी उद्यमी तथा बिक्रेतालाई प्राथमिकता दिने र विदेशी लगानीलाई वैकल्पिक रूपमा प्रयोग गर्ने निर्देशिका कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा पूर्वाधार विकासका नीतिगत सुधार र परियोजना कार्यान्वयनबारे छलफल हुनेछ। सम्मेलनमा करिब तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजनाहरू लगानीकर्तामाझ प्रस्तुत गर्ने तयारी गरिएको छ, जसमध्ये हालसम्म २३ वटा परियोजना पहिचान भइसकेका छन्।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।