
Ground Zero
October 2, 2026

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिनामा ‘फासीवादी’ प्रवृत्ति देखिएको भन्दै कडा आलोचना गर्नुभएको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले सरकारको ६ महिना पूर्वप्रधानमन्त्रीको गैरकानुनी गिरफ्तारीबाट सुरु भई पूर्वप्रधानन्यायाधीशको नाटक मञ्चनसम्म पुगेको टिप्पणी गर्नुभयो। सुशासन र सम्पत्ति छानबिनको आवरणमा देशभक्त शक्ति, मिडियाकर्मी, नागरिक अभियान्ता र व्यवसायीहरूलाई निसाना बनाइएको उहाँको आरोप छ।
उहाँले संसद सत्तापक्षको छायाँ मात्र बनेको, विधेयकहरू बलपूर्वक पारित गरिएको र प्रतिपक्षलाई बाधक ठानिएको बताउनुभयो। साथै, सभामुखले सहमतिको अगुवाइ नगरेको र सत्तापक्षको ढ्यापढ्यापे शैली कायम रहेको धारणा राख्नुभयो।
भदौ १० को महाविपद्मा सरकारको उद्धार तथा राहत सन्तोषजनक नरहेको, विदेशी सहायता लिन ढिलाइ गरिएको र आत्मप्रचार बढी गरिएको भन्दै लोकतन्त्रको मार्गमा फर्कन उहाँले सरकारलाई सुझाव दिनुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।