Skip to main content
बुधबार, १४ असोज २०८३

‘जलवायु न्याय’ को एजेण्डाले विश्व मञ्चमा गम्भीर ध्यानाकर्षण गराउन सफल: परराष्ट्रमन्त्री

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

September 30, 2026


संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी भई स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले उठाएको ‘जलवायु न्याय’ को एजेण्डाले विश्व मञ्चमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएको दाबी गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री बालेन्द्र साहको सम्बोधन र उच्चस्तरीय भेटवार्ताहरूले नेपालको कूटनीतिक छवि उच्च बनाएको बताए।

नेपालले हालै भोगेको भोटेकोशी बाढीलाई ‘हिमालयन सुनामी’ का रूपमा चित्रण गर्दै आपत्कालीन राहतभन्दा माथि उठेर ‘जलवायु वित्त’ र ‘क्षतिपूर्ति कोष’ को प्रभावकारी परिचालनमा जोड दिएको छ। अमेरिका र युएईले बाढीपीडितका लागि आर्थिक सहयोगको घोषणा गरेको भन्दै आगामी पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको मन्त्री खनालले जानकारी दिए।

यस भ्रमणका क्रममा नेपालले ग्रेनाडा, नामिबिया र सेनेगलसँग नयाँ कूटनीतिक सम्बन्ध स्थापना गरेको छ, जससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १८८ पुगेको छ। राष्ट्रसंघमा प्रधानमन्त्री बालेन साहको सम्बोधन सबैभन्दा बढी चासो र चर्चाको विषय बनेको परराष्ट्रमन्त्रीको भनाइ छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।