Skip to main content
बिहिबार, १५ असोज २०८३

सांसद ध्रुवराज राईद्वारा पुराना माग कार्यान्वयन गर्न सभामुखको ध्यानाकर्षण

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 1, 2026


श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकहरूमा आफूले उठाएका मागहरू यथाशीघ्र पूरा गराउन सभामुखको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

बिहीबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ सांसद राई आफ्नो आसनबाट उठेर विरोध जनाउनुभएको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय उपलब्ध गराएपछि उहाँले “सम्माननीय सभामुख महोदय, कुरा त्यही हजुर, धन्यवाद” भन्दै अत्यन्त संक्षिप्त रूपमा आफ्ना भनाइ राख्नुभयो।

श्रम संस्कृति पार्टीले सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति सच्चाउन वा संसद्को रेकर्डबाट हटाउन निरन्तर माग गर्दै आएको छ। सोही मागप्रति संसद् र सरकारको ध्यान नगएको भन्दै उहाँले व्यंग्यात्मक ढङ्गले आफ्ना पुराना मागहरूतर्फ सभामुखको ध्यानाकर्षण गराउनुभएको हो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।