
Ground Zero
September 29, 2026

एमालेका सांसद पुष्पराज कँडेलले ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’मा जम्मा भएको रकम तथा त्यसको खर्च विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कँडेलले विपद् व्यवस्थापनमा सरकारले परिचालन गरेको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाउनुभयो। कोषमा कति रकम जम्मा भयो र त्यो रकम कहाँ-कहाँ खर्च भयो भन्नेबारे संसद् अनभिज्ञ रहेको उहाँको भनाइ छ।
साथै, स्थानीय तह, प्रदेश सरकार र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसम्म कति रकम पुग्यो र त्यसको प्रभावकारिता कस्तो रह्यो भन्ने विवरण सदनलाई नदिइनु दुःखद् भएको उहाँले बताउनुभयो। सरकारले संकलन गरेको रकमको पारदर्शी लेखाजोखाले नागरिकको विश्वास बढाउने भन्दै उहाँले कोषको यथार्थ विवरण संसद्मा पेस गर्न माग गर्नुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।