
Ground Zero
September 29, 2026

रास्वपाका सांसद जगदीश खरेलले विपत् व्यवस्थापन प्राधिकरणलाई पूर्ण रूपमा अधिकारसम्पन्न बनाउन सरकारसँग माग गर्नुभएको छ। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद खरेलले प्राधिकरणलाई सहसचिव स्तरको संरचनामा मात्र सीमित राख्न नहुने बताउनुभयो।
संसद्को विशेष समिति तथा सुशासन र राज्य व्यवस्था समितिले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने उहाँको भनाइ छ। विपत् प्राकृतिक तथा मानव–सृजित हुने भएकाले ‘दैवी प्रकोप’को पुरानो अवधारणामा पुनर्विचार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
साथै, ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम फेरेर ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गर्दै उहाँले प्रधानमन्त्रीको जवाफको पर्खाइमा रहेको उल्लेख गर्नुभयो। पछिल्लो विपद्मा २७ जनाको मृत्यु, ४ जना बेपत्ता र अर्बौँको भौतिक क्षति भएको भन्दै सांसद खरेलले विपद् व्यवस्थापनमा सरकारलाई थप गम्भीर हुन आग्रह गर्नुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।