
Ground Zero
October 16, 2026

गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउने जोकोहीलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पार्नुभएको छ। ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार हुन निर्देशन दिनुभयो।
नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनी सुधार तथा सेवासुविधा थप गर्न सरकारले पहल गरिरहेको उहाँले बताउनुभयो। अन्तरदेशीय अपराध नियन्त्रणका लागि प्रहरीलाई थप सक्षम बनाउनुपर्नेमा जोड दिँदै गृहमन्त्री गुरुङले प्रहरीको बर्दीलाई डर-त्रासको नभई आशा, भरोसा र सहकार्यको प्रतीक बनाउन आग्रह गर्नुभयो।
विपद् उद्धारमा खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ताको प्रबन्ध भइसकेको र हालै ओ एण्ड एम (O&M) सर्भेमार्फत दरबन्दी थप्न प्रस्ताव गरिएको जानकारी दिँदै उहाँले नागरिकमैत्री आचरण अपनाउन र अपराध नियन्त्रणमा शून्य सहनशीलता कायम राख्न निर्देशन दिनुभयो। सो अवसरमा अमर प्रहरीप्रति श्रद्धाञ्जली समेत अर्पण गरिएको थियो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।