
Ground Zero
October 15, 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक, असामाजिक र आपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृत्तिका विरुद्ध अनुसन्धान हुनुपर्नेमा जोड दिनुभएको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित ‘नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान’को वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्याएर आफ्ना कठपुतली सरकार स्थापना गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो।
सरकारमा रहनेहरू जनताप्रति पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उहाँले एमाले नेतृत्वको सरकारले अशक्त, अपाङ्गता भएका, असहाय र ज्येष्ठ नागरिकको व्यवस्थापनमा विशेष ध्यान दिएको स्मरण गराउनुभयो।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सर्वप्रथम जनताको दुःख निवारण हुनुपर्ने अध्यक्ष ओलीको भनाइ छ। यसका लागि आम्दानीका नयाँ स्रोत सिर्जना गर्ने, उत्पादन बढाउने र प्रत्येक परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने गरी रोजगारीका अवसरहरू उपलब्ध गराउनेतर्फ राज्यको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो।—
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।