
Ground Zero
October 14, 2026

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई सबल रूपमा अघि बढाउन सही पद्धति बसाल्ने बताउनुभएको छ।
बुधबार काठमाडौँमा आयोजित लक्ष्मण बहादुर शाहीको ‘आधा अध्याय’ पुस्तक लोकार्पण समारोहमा बोल्दै आचार्यले पार्टीमा व्यक्तिभन्दा पद्धति महत्त्वपूर्ण हुने स्पष्ट पार्नुभयो। पहुँचका आधारमा अवसर पाउने प्रवृत्तिको विरोध गर्दै उहाँले निष्ठापूर्वक जनताको सेवामा समर्पित कार्यकर्तालाई प्राथमिकता दिइने बताउनुभयो। चुनावी टिकट वितरणमा पनि आन्तरिक मूल्याङ्कनको स्पष्ट पद्धति विकास गर्नुपर्नेमा उहाँको जोड थियो।
लोकतन्त्र आफैँमा एक पद्धति भएकाले यसले ल्याउने सकारात्मक सुधारलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने आचार्यले उल्लेख गर्नुभयो। पार्टीभित्र व्याप्त घात–अन्तघात र विकृति अन्त्य गर्दै एकता, सामर्थ्य र योग्यताका आधारमा अवसर सिर्जना गर्न आफ्नो भूमिका रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।