Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

शनिबार, २९ मंसिर २०८१

विदेशमा नेपाली मरेको मरै

Priyanka Hamal

December 3, 2023

रोजगारीका लागि विदेश पुग्नेमा जोश, जाँगर र शक्ति हुने उमेर समूहका युवा धेरै छन् । तर सुन्दर सपना बुनेर रोजगारीका लागि विदेश पुगेका उनीहरु अकालमै ज्यान गुमाइ रहेछन्। विदेशी भूमिमा अन्तिम श्वास लिइरहेछन्।

धेरै नेपाली मलेसिया र खाडीका देशहरुमा मारिने गरेको तथ्यांक वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग छ । आत्महत्या गरी प्राण त्याग्नेहरु दक्षिण कोरियामा धेरै छन्। मलेसिया पछि साउदी अरब, कतार र युएई धेरै नेपाली मारिने देशहरु हुन्।

बितेका १० वर्षमा १० हजारभन्दा बढी कामदारले विदेशी भूमिमा अकालमै ज्यान गुमाएका छन्। नेपाली कामदारको बारेमा युकेको हड्जफिल्ड र बर्नमाउथ युनिभर्सिटीका अनुसन्धानकर्ताले केही अगाडि अनुसन्धान गरेका थिए। अध्ययन रिपोर्टअनुसार खाडी देशहरुमा मुख्यतः हृदयघात र मुटुसम्बन्धी समस्याका कारण कामदारको मृत्यु हुने गरेको छ। सडक दुर्घटना र असुरक्षित कार्यस्थलका कारण पनि नेपालीको अकालमै मृत्यु भइरहेको हो।

अघिल्लो दिन सामान्य अवस्थामा सुतेको मान्छे भोलिपल्ट ओछ्यानमै मृत भेटिएका घटना धेरै छन् । यस्ता मृत्युलाई अस्पतालले पोस्टमार्टम रिपोर्टमा ‘प्राकृतिक कारण’ भन्ने गरेका छन् ।

नियमले तोकेभन्दा बढी घन्टा काम गराउने, दिशापिसाब लाग्छ भनेर पानी समेत नपिई काम गर्नुपर्ने दवाबका कारण नेपालीहरुले अकालमै जीवन गुमाइरहेछन् । दीर्घरोगी भइरहेछन् । विदेशी भूमिमा अकालमै किन मरिरहेछन् नेपाली ?

युवाले अब सरकारलाई सोध्नैपर्छ : नेपाली युवालाई विदेशी भूमिमा मर्नबाट जोगाउन के काम गरिरहेको छ ? भुइँमान्छेको जीवन रक्षा गर्न यो देशले के काम गरिरहेको छ ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।