Author: Ground Zero
पोखरामा कसरी गरिन्थ्यो काम? कन्सल्ट्यान्ट इन्जिनियर गौतमसँगको अन्तर्वार्ता
सन् २०१६ मै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु भइसकेको थियो। तर यो सन् २०१७ को कुरा हो। त्यहाँ चिनियाँ ठेकेदार कम्पनी सीएएमसीले निर्माण गरिरहेको निर्माण कार्यको स्वतन्त्र गुणस्तर मूल्यांकन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्जिनियर मुरारी गौतमलाई नियुक्त गर्यो। गौतम नेपाल आउनु ठिक अगाडि विश्वकप रंगशालाहरुको संरचना निर्माणमा कतारमा थिए। मातृभूमिमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेकोमा उनी उत्साही भएर पोखरा पुगे। ठूला परियोजनामा काम गरेको प्रशसस्त अन्तर्राष्ट्रिय अनुभव भएका उनले त्यहाँ के अनुभव गरे ? इन्जिनियर गौतमले कन्सल्ट्यान्टको रुपमा काम गर्दा चिनियाँ ठेकेदार...
पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा ५ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। २८ अर्ब रुपैयाँ चीनसँग ऋण लिएर बनाइएको विमानस्थलबाट वर्षभरिमा एउटा पनि व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएनन्। यी सब पुराना कुरा हुन्। ग्राउन्ड जिरो खोजले पाएको नयाँ तथ्य हो— व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने गरी यो परियोजना सुरु नै गरिएको थिएन। चाइना सीएएमसी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको ठेक्का सम्झौता एवं चिनियाँ कम्पनीले पेमेन्टका लागि पठाएका बिलहरुले करिब १५ अर्ब रुपैयाँ भ्रस्टाचारको पुस्टि गरेका हुन्। विमानस्थललाई अपांग बनाउने काम सन् २०१६ अप्रिल अर्थात्...
Strona główna
Weźmiesz dwie paczki ciastek Jeżyki, cena jednej to 5,99 zł (można mieszkać smaki). Podkreślmy, że w obydwu przypadkach trzeba mieć kartę albo aplikację Biedronki.
W RAMACH SUBSKRYBCJI OTRZYMASZ:
Dodała, że dostępny jest też inny wariant smakowy z czarną porzeczką. Również ma prosty i krótki skład, bez dodatku cukru i konserwantów. Tej samej marki znajdziesz też batonik słodzony miodem, z dużą ilością orzechów i nasion.
za 1 zł. Biedronka informuje. Takie rzeczy od 6 listopada
Zbierasz naklejki na Borówkę Basię czy Pomarańczę Huberta?...
कारवाहीमा परेका मेनपावरका मालिक को हुन् ?
आज हामी वैदेशिक रोजगार विभागमा भएको बेथिति बारेमा चर्चा गर्दैछौं ।वैदेशिक रोजगार विभागले वि.सं. २०८० साल मंसिर २४ गते एउटा प्रेस नोट जारी गर्यो । प्रेस नोटमा भनिएको थियो— इजाजत प्राप्त केही मेनपावरहरुको कारोबार रोक्का गरिएको छ । केहीलाई निलम्बन र खारेजै गरिएको जानकारी दिइयो । विभागले त्यतिबेला आफ्नो कार्यप्रगति देखाउँदै ५० मेनपावर कारवाहीमा परेको जनाएको थियो । प्रेस नोटमा मेनपावरलाई गरिएको जरिवाना रकम समेत उल्लेख थियो । त्यसपछि हामीले मेनपावरहरु कसरी कालो सूचीमा पर्छन् भनेर वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीलाई सोधेका थियौं ।वैदेशिक रोजगार विभागबाट इजाजत पाएका मेनपावरले...
वीरेन्द्र, सुजन: कोरिया जान काठमाडौं आए, प्रहरीको गोलीले ज्यान गुमाए
शुक्रबार २९ डिसेम्बर, २०२३ मा काठमाडौंको रिङरोडको बालकुमारी क्षेत्रमा युवा विरोध प्रदर्शनमा उत्रिए। त्यही बेला भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वाला सरकारी गाडी चढेर त्यहीँ आइपुग्छन्। कोरियाली रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाको विषयलाई लिएर युवाहरु बालकुमारीमा बिहानैदेखि बिरोध प्रदर्शन गर्दै थिए। उनी त्यहीँ पुगे। अगाडि प्रदर्शन देखे पनि मन्त्रीका चालकले गाडी घुमाएर फर्काएनन्। प्रदर्शन भइरहेको ठाउँमै प्रवेश गराए। त्यसपछि मात्र हो गाडी युवाको पकडमा पुगेको हो। आक्रोशित युवाले सबैभन्दा पहिला गाडीको हावा खुस्काइदिए। मन्त्री र मन्त्रीको सुरक्षामा खटिएका दुई जना पिएसओलाई गाडीबाट...
बहराइनको दरबारमा नेपाली रोयल गार्ड
खाडीका देशहरुमा कहाँ छैनन् र नेपाली ? साउदी अरब, युएई, बहराइन, इराक, जोर्डन, यमन सबैतिर नेपाली पुगेका छन् । दक्ष जनशक्तिदेखि क्लिनर, कन्सट्रक्सनको काम गर्नेसम्म ती देशमा नेपाली छन् । बहराइनको स्थिति अलिक फरक छ । नेपालीले त्यहाँको दरबार र राजपरिवार सदस्यलाई रोयल गार्डको रुपमा सुरक्षा दिन्छन् ।सुन्दर समुन्द्री तट भएको बहराइनमा नेपालीहरु रोयल गार्ड, घरको सुरक्षा, किचेन, घरभित्रको काम, ड्राइभिङ जस्ता काम गर्दै आएका छन् । बहराइनमा राजतन्त्र छ । त्यहाँ अहिले हमाद बिन इसा अल खलिफा महाराज छन् ।इमान्दार स्वभावका नेपालीहरुले महाराज र राजपरिवार सदस्यको मन जितेका छन् । विश्वास आर्जन गरेका छन् । त्यही...
अहिलेसम्मकै सबैभन्दा धेरै नेपाली विद्यार्थी अमेरिका पुगे
उच्च शिक्षा अध्ययन गर्न अमेरिका जाने नेपाली विद्यार्थीहरु प्रत्येक वर्ष बढ्दै गएका छन् । विश्व उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न कसलाई मन लाग्दैन र? अनुसन्धान, काम र व्यवसायमा उत्कृष्ट करिअर चाहने प्रत्येक युवाको सपना हुन् अमेरिकी विश्वविद्यालयहरु। यो पटक हामीले अमेरिकामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीबारे खोजी गरेका छौँ । अमेरिकी विश्वविद्यालयहरुमा कति नेपाली छन्? उनीहरुले कुन विषय पढिरहेका छन्? स्नातक, स्नातकोत्तर, पीएचडी कुन तहमा कति विद्यार्थी छन्? सबैभन्दा पहिला हामीले यी प्रश्नहरु इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेसन (आईआईई) लाई इमेलबाट सोध्यौँ । Fact-SheetDownload ...
चिनियाँ ऋणको पोखरा विमानस्थलमा अख्तियारको आँखा
असोजको अन्तिम साता देशभरि दशैँको महोल छ। गोंगबु बसपार्कबाट दैनिक हजारौँ मान्छे काठमाडौं बाहिर गइरहेका छन्। बाहिरिने यात्रुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा भिडभाड छ। यही भिडमा इन्जिनियरहरु सहित एउटा टोली काठमाडौंबाट पोखरा प्रस्थान गर्दैछ, दशैँको उल्लास मनाउन होइन, कामको जिम्मेवारी पूरा गर्न। हो, सबैलाई दशैँ लागिसक्दा पनि अख्तियार अनुसन्धान आयोगका कर्मचारी काममै व्यस्त थिए। दशैँकै माहोलबीच इन्जिनियर साथमा लिएर अख्तियारको टोली पोखरा पुग्यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनामा भ्रस्टाचार भएको हो, हैन छानवीन थाल्यो। पहिला सम्बन्धित कागजातको अध्ययन...
कर उठाउने माध्यम मात्रै बन्यो एम्बुस्ड नम्बर प्लेट
कुनै बेला सरकारको दाबी थियो— इम्बोस्ड नम्बर प्लेटले सवारी सााधन चोरीका घटना रोक्छ, गैरकानुनी धन्दामा सवारी साधनको प्रयोग घटाउँछ। सरकारले अहिलेसम्म सडकमा इम्बोस्ड नम्बर प्लेट सिस्टम राखेकै छैन। अत्याधुनिक नम्बर प्लेट राख्दाको फाइदा गाडी प्रयोगकर्ताले पाउँदैनन्। तर काम नगरे पनि इम्बोस्ड नम्बर प्लेट धमाधम वितरण भइरहेको छ। किन यस्तो भइरहेको छ त ? कुरा सिम्पल छ, राजस्व असुली गर्न । काम नलाग्ने इम्बुस्ड नम्बर प्लेट बारे अर्को एउटा रोमाञ्चक कुरा छ। यतिबेला तपाइँसँग पुरानो नम्बर प्लेटको सवारी साधन छ र बिक्री गर्नु भयो भने अनिवार्य इम्बोस्ड नम्बर हाल्नुपर्छ । यसरी पुरानो सवारी साधनमा...
वैदेशिक रोजगारीमा कहाँ कहाँ ठगिन्छन् नेपाली ?
गरिबी, बेरोजगारी र भ्रस्ट सरकारका कारण विदेश जानेहरुको संख्या दिनदिनै बढ्दैछ । कहाली लाग्दो दृश्य त यो छ कि वैदेशिक रोजगारी क्रममा ठगिने सर्वसाधारण भन्दा ठग्ने पीडकहरुको संख्या धेरै भइसकेको छ । ७७ वटै सीडीओ अफिस र वैदेशिक रोजगार विभागमा परेका उजुरीको प्रकृति केलाउँदा भन्न सकिन्छ :— मुख्य १० ठाउँमा ठगिन्छन् नेपालीहरु ।



















