Skip to main content
बुधबार, २७ जेठ २०८३

पोखरामा कसरी गरिन्थ्यो काम? कन्सल्ट्यान्ट इन्जिनियर गौतमसँगको अन्तर्वार्ता

Ground Zero

February 2, 2024


सन् २०१६ मै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु भइसकेको थियो। तर यो सन् २०१७ को कुरा हो। त्यहाँ चिनियाँ ठेकेदार कम्पनी सीएएमसीले निर्माण गरिरहेको निर्माण कार्यको स्वतन्त्र गुणस्तर मूल्यांकन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्जिनियर मुरारी गौतमलाई नियुक्त गर्यो।

गौतम नेपाल आउनु ठिक अगाडि विश्वकप रंगशालाहरुको संरचना निर्माणमा कतारमा थिए। मातृभूमिमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेकोमा उनी उत्साही भएर पोखरा पुगे।

ठूला परियोजनामा काम गरेको प्रशसस्त अन्तर्राष्ट्रिय अनुभव भएका उनले त्यहाँ के अनुभव गरे ? इन्जिनियर गौतमले कन्सल्ट्यान्टको रुपमा काम गर्दा चिनियाँ ठेकेदार कम्पनी सीएएमसी र आफ्नो रोजगारदाता नेपाल नागरिक उड्डयन प्राधिकरणसँग कस्तो अनुभव गरे?

यतिबेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित कागजातले त्यहाँ १५ अर्ब रुपैयाँ भ्रस्टाचार भएको देखाएका छन्। र अहिले उनको पोखरामा अनुभव राष्ट्रिय महत्वको विषय बनेको छन्।

चिनियाँ ठेकेदार सीएएमसी र प्राधिकरणले पोखरामा कसरी काम गरेका थिए? राष्ट्रिय महत्वको यो विषय केन्द्रित भएर नेपालग्राउन्डजिरोका शुभक महतोले इन्जिनियर मुरारी गौतमसँग लामो अन्तर्वार्ता गरेका छन्। अन्तर्वार्ताका लागि भिडियोमा हेर्नुहोस्।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।