
Ground Zero
September 17, 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्बन्धित परेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सुरेश न्यौपानेले अघिल्लो वर्षबाट सरेका ७,३२३ र नयाँ दर्ता ३३,५१९ गरी कुल उजुरीमध्ये ४९.०३ प्रतिशत (२०,०२५) स्थानीय तहका रहेको जानकारी दिनुभयो।
संघीय तहतर्फ ३७.९८ प्रतिशत (१५,५१२) र प्रदेशतर्फ १२.९९ प्रतिशत (५,३०५) उजुरी परेका छन्। संघतर्फ भूमि व्यवस्था र सामान्य प्रशासन मन्त्रालयका उजुरी धेरै छन्। विशेष अदालतका १५६ फैसलामध्ये ८१ वटामा कसुर स्थापित भएको आयोगले जनाएको छ। आयोगले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।