Skip to main content
बुधबार, ३१ भदौ २०८३

सरकारले गम्भीरता

Ground Zero

September 16, 2026


नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको विपद्बारे काम गर्न गठित संसदीय समितिको प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि कुरा गर्दै थापाले प्रधानमन्त्री बालेन शाहले संसद् र संसदीय समितिको मर्यादा कायम राख्नुपर्नेमा जोड दिए। उनले संसदीय समिति गठन गरेर पछि त्यसको प्रतिवेदनलाई सरकारले बेवास्ता गर्ने अवस्था आउन नहुने चेतावनी दिए।

कांग्रेसले सरकारलाई बिनासर्त समर्थन गर्दै समितिमा काम गर्न तयार रहेको स्पष्ट पार्दै उनले समितिको कार्यक्षेत्रबारे प्रधानमन्त्रीलाई पूर्वजानकारी गराएर प्रभावकारी समन्वयका साथ अघि बढ्नुपर्ने बताए।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।